२६ अाैं वार्षिक साधारणसभा

ईन्द्रावती गाउँ पालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख अातिथ्यतामा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालकाे २६ अाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा , मेलम्ची नगरपालिकाकाे उप प्रमुख उमा प्रधान , ईन्द्रावती गाउपालिकाकाे उपाध्यक्ष साेभना तामाङ , टुकी संघ सुनकोसीका अध्यक्ष राजेन्द्र भण्डारी , गाउँ पालिकाका प्रमुख सल्लाहकार डाल बहादुर सापकोटा , हेल्भेटास नेपालका अच्युत जंग थापा , ईन्द्रावती गा पा वडा नं ७,९ र १० का वडाध्यक्षहरु,संस्था का संस्थापक अध्यक्ष सारदा प्रसाद सापकोटा , पत्रकार , सुरक्षा निकायका प्रतिनिधि , शिक्षक , बुद्धिजीवी , पार्टीका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियोे ।, विभिन्न कार्यक्रमका लाभग्राहीहरु , संस्थाका सदस्यहरुकाे सक्रिय सहभागीता रहेको थियोे । कार्यक्रमले अा व २०८०/८१ काे वार्षिक प्रगति प्रतिवेदन , अार्थिक प्रगति प्रतिवेदन , अा व २०८१/८२ काे नीति तथा कार्यक्रमकाे अनुमाेदन , विधान संसाेधन लगायत महत्त्वपूर्ण नर्णय गरि सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष रामजी थापाकाे अध्यक्ष्यतामा सम्पन्न भएको हाे । सामाजिक लेखाजोखा गरिएको उत्तकार्यक्रममा विभिन्न सराेकारवाला हरुले अा अाफ्नाे विचार राख्नु भएको थियोे ।